४ बैशाख २०८१, मंगलबार

आज जेठ ३१ गते शनिबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

जेठ ३१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६: ०० बजे)

मौसम विश्लेषण

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु, पश्चिमको भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व-पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशभर आंशिक देखि सामान्य बदली रही रहेको छ ।

दिउँसो

देशभर सामान्य बदली रहि प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

राती

देशभर सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन विभागले अनुरोध छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !