२२ भाद्र २०८१, शनिबार

जि फोर एस नेपालमा ५० जना सुरक्षा गार्डको आवश्यकता


जि फोर एस नेपाल

काठमाडौँ । विश्वकै नम्वर १ सेक्युरिटी कम्पनी जि फोर एस नेपाल (G4S Nepal) मा ५० जनालाई रोजगारीको सुवर्ण अवसर खुलेको छ । ISO 9001 : 2015 प्रमाणित अन्तर्राष्ट्रिय मान्यता प्राप्त जि फोर एस सेक्युरिटी सर्भिसेज् नेपाल प्रा. लिमा यथासिघ्र ५० जना सुरक्षा गार्डको आवश्यकता रहेको हो ।

काठमाडौँ उपत्यकाबाहिर वीरगञ्जमा ५० जना सुरक्षा गार्डको आवश्यकता परेकोमा इच्छुकले आवेदन दिन सक्नेछन् । ५० जना सुरक्षा गार्डको लागि एसइई पास गरेको पुरुष र महिलाहरुले आवेदन दिन सक्नेछन् ।

उक्त कम्पनीले विगत २८ वर्षदेखि ४००० भन्दा बढी अनुभवी तालिम प्राप्त सुरक्षाकर्मी तथा सरसफाई श्रमिकमार्फत विभिन्न विदेशी राजदुतावासहरु, कुटनीतिक नियोगहरु, प्रतिष्ठित बहुराष्ट्रिय प्रतिष्ठानहरु, बैंकहरु, प्रतिष्ठित होटेलहरु, अस्पतालहरु, कलकारखानाहरुमा आफ्नो सेवा दिंदै आएको छ ।

हाल यस बहुराष्ट्रिय कम्पनीको लागि नेपाल अधिराज्यको विभिन्न स्थानमा विभिन्न पदमा सुरक्षा गार्डहरुको आवश्यकता रहेको र यस कम्पनीले श्रमिकहरुलाई दिने मासिक तलव भत्ता, उपदान, संचय कोष लगायतका सेवा सुविधा श्रम कानून बमोजिम हुने गरी दिएको हुँदा इच्छुक व्यक्ति (पुरुष तथा महिला) ले निम्न नम्वरहरुमा सम्पर्क गर्नुहुन सक्ने यस कम्पनीका मानव संसाधन प्रवन्धक विनोद प्रसाद मिश्रले जानकारी दिए ।

जि फोर एस नेपालमा ५० जना सुरक्षा गार्डको आवश्यकता

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !