१५ असार २०८१, शनिबार

जि फोर एस नेपालमा यथासिघ्र २५० जना सुरक्षा गार्ड तथा सरसफाई श्रमिकको आवश्यकता


जि फोर एस कम्पनीमा सुरक्षा गार्ड तथा सरसफाई श्रमिकको आवश्यकता

काठमाडौँ । विश्वकै नम्वर १ सेक्युरिटी कम्पनी जि फोर एस नेपाल (G4S Nepal) मा २५० जनालाई रोजगारीको सुवर्ण अवसर खुलेको छ । ISO 9001 : 2015 प्रमाणित अन्तर्राष्ट्रिय मान्यता प्राप्त जि फोर एस सेक्युरिटी सर्भिसेज् नेपाल प्रा. लिमा यथासिघ्र सुरक्षा गार्ड तथा सरसफाई श्रमिक गरी २५० जनाको आवश्यकता रहेको हो ।

काठमाडौँ उपत्यकाभित्र र बाहिर गरी २०० जना सुरक्षा गार्ड आवश्यकता परेकोमा इच्छुकले आवेदन दिन सक्नेछन् । सुरक्षा गार्डको लागि आठ कक्षा पास गरेको र राम्रोसंग अंग्रेजी बोल्न सक्ने योग्यता भएका पुरुष र महिलाहरुले आवेदन दिन सक्नेछन् ।

सुरक्षा गार्डमा अंग्रेजी भाषामा दख्खल (लेखाई, पठाई र बोलाई) भएको तथा अमेरिकी भाषा संस्थान (American Language Institute) बाट टु ग्रेड लेभल पास गरेकोलाई विशेष सुविधा र ग्राह्यता दिइने छ ।

यस्तै ५० जना पुरुष सरसफाई श्रमिकको आवश्यकता रहेकोले ड्राइभिङ लाईसेन्स भएको मोटरसाइकल चलाउन सक्ने साधारण लेखपढ गरेका १८ वर्षभन्दा माथिका कुनै पनि इच्छुक नेपाली पुरुषले आवेदन दिन सक्नेछन् ।

उक्त कम्पनीले विगत २५ वर्षदेखि ४००० भन्दा बढी अनुभवी तालिम प्राप्त सुरक्षाकर्मी तथा सरसफाई श्रमिकमार्फत विभिन्न विदेशी राजदुतावासहरु, कुटनीतिक नियोगहरु, प्रतिष्ठित बहुराष्ट्रिय प्रतिष्ठानहरु, बैंकहरु, प्रतिष्ठित होटेलहरु, अस्पतालहरु, कलकारखानाहरुमा आफ्नो सेवा दिंदै आएको छ ।

हाल यस बहुराष्ट्रिय कम्पनीको लागि नेपाल अधिराज्यको विभिन्न स्थानमा विभिन्न पदमा सुरक्षा गार्ड तथा सरसफाई श्रमिकहरुको आवश्यकता रहेको र यस कम्पनीले श्रमिकहरुलाई दिने मासिक तलव भत्ता, उपदान, संचय कोष लगायतका सेवा सुविधा श्रम कानून बमोजिम हुने गरी दिएको हुँदा इच्छुक व्यक्ति (पुरुष तथा महिला) ले निम्न नम्वरहरुमा सम्पर्क गर्नुहुन सक्ने यस कम्पनीका मानव संसाधन प्रवन्धक विनोद प्रसाद मिश्रले जानकारी दिए ।

जि फोर एस नेपालमा यथासिघ्र २५० जना सुरक्षा गार्ड तथा सरसफाई श्रमिकको आवश्यकता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !