१२ असार २०८१, बुधबार

बारा र पर्साको लागि जि फोर एसमा सुपरभाइजर तथा सुरक्षा गार्डको आवश्यकता


सुरक्षा पर्यवेक्षक तथा सुरक्षा गार्ड

काठमाडौँ । विश्वकै नम्वर १ सेक्युरिटी कम्पनी जि फोर एस नेपालमा रोजगारीको अवसर खुलेको छ । ISO 9001 : 2015 प्रमाणित अन्तर्राष्ट्रिय मान्यता प्राप्त जि फोर एस सेक्युरिटी सर्भिसेज् नेपाल प्रा. लिमा सेक्युरिटी सुपरभाइजर तथा सुरक्षा गार्डको आवश्यकता रहेको छ ।

काठमाडौँ उपत्यकाबाहिर बारा र पर्सा जिल्लामा केही सेक्युरिटी सुपरभाइजरको आवश्यकता परेकोले सोको लागि सुरक्षा पर्यवेक्षकको क्षेत्रमा कम्तिमा ५ वर्ष काम गरेको अनुभव भएको, ड्राइभिङ लाइसेन्स भएको मोटरसाइकल चलाउन सक्ने, व्यक्तिगत कम्प्युटरमा काम गर्न सक्ने, जुनसुकै बेला (दिन वा रात) काम गर्न तयार हुने, कम्तिमा एसएलसी पास वा आर्मी फस्ट क्लास वा प्रमाणसहित अंग्रेजीमा राम्रो लेख्न र बोल्न सक्ने योग्यता भएकाहरुले आवेदन दिन सक्नेछन् ।

यस्तै बारा र पर्सा जिल्लामै १०० जना (पुरुष : ५० जना र महिला : ५० जना) सुरक्षा गार्डको आवश्यकता रहेको छ । यस कम्पनीका मानव संसाधन प्रवन्धक विनोद प्रसाद मिश्रका अनुसार सुरक्षा गार्डको लागि भूपूलाई विशेष प्राथमिकता दिइने छ । सुरक्षा गार्डको लागि एसएलसी पास गरेको र राम्रोसंग अंग्रेजी बोल्न सक्ने योग्यता भएकाहरुले आवेदन दिन सक्नेछन् ।

उक्त कम्पनीले विगत २५ वर्षदेखि ४००० भन्दा बढी अनुभवी तालिम प्राप्त सुरक्षाकर्मीहरु मार्फत विभिन्न विदेशी राजदुतावासहरु, कुटनीतिक नियोगहरु, प्रतिष्ठित बहुराष्ट्रिय प्रतिष्ठानहरु, बैंकहरु, प्रतिष्ठित होटेलहरु, अस्पतालहरु, कलकारखानाहरुमा आफ्नो सेवा दिंदै आएको छ ।

हाल यस बहुराष्ट्रिय कम्पनीको लागि विभिन्न पदमा सेक्युरिटी सुपरभाइजर तथा सुरक्षा गार्डहरुको आवश्यकता रहेको र यस कम्पनीले श्रमिकहरुलाई दिने मासिक तलव भत्ता, उपदान, संचय कोष लगायतका सेवा सुविधा श्रम कानून बमोजिम हुने गरी दिएको हुँदा इच्छुक व्यक्ति (पुरुष तथा महिला) ले ९८५१०८२५७० मोवाइल नम्वरमा सम्पर्क गर्न सक्नेछन् ।
जि फोर एसमा सुपरभाइजर तथा सुरक्षा गार्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !