१७ पुस २०८१, बुधबार

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो


एभरेस्ट एयर फाइल फोटो

काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्किएको छ । आज आइतबार काभ्रेको बनेपा क्षेत्रमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण भएको हो । हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार थिए । हेलिकोप्टरमा ५ जना विदेशी यात्रु र पाइलट थिए । हेलिकोप्टर चेकजाँच जारी रहेको र अन्य कुनै क्षति नभएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !