६ कार्तिक २०८१, मंगलबार

ताप्लेजुङको पाथीभरामा एकैदिन पुगे ६ हजार भक्तजन


पाथीभरा

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन् ।

दशैंको टीकापछि चहलपहल बढेको पाथीभरामा शनिबार एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या गत असोजभरको तुलनामा बढी हो ।

यही असोज महिनामा पाँच हजार नौ सय ४९ जना भक्तजन पाथीभरा आएका थिए । दशैंअघि बाढी र पहिरोले देशका विभिन्न क्षेत्रका सडक अवरुद्ध हुँदा पाथीभरामा भक्तजनको आगमन न्यून थियो ।

पाथीभरामा विशेषगरी बडादसैँ र चैतेदसैँका समयमा सबैभन्दा धेरै भक्तजनको भीडभाड हुने गरेको छ । पाथीभराको मुख्य ‘सिजन’ मानिने यो समयमा दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले आवश्यक तयारीहरू समेत गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !