१८ बैशाख २०८१, मंगलबार

ताप्लेजुङमा पर्यटन महोत्सव हुने


ताप्लेजुङ

फुङ्लिङ, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आगामी जेठ ३ देखि ७ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । जिल्ला समन्वय समितिको समन्वयमा पर्यटन महोत्सवको तयारी थालिएको हो ।

जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरूको बैठकले पर्यटन महोत्सव मनाउने निर्णयसँगै तयारी थालिएको समितिले जनाएको छ । महोत्सव तोक्मेडाँडास्थित नेपाली सेनाको ब्यारेकमा आयोजना हुनेछ ।

महोत्सवमा पर्यटकीयस्थलको अवलोकन, खाद्य महोत्सव, होमस्टे प्रवर्द्धन र मेयरकप भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । यस्तै पाथीभरा खुल्ला म्याराथन प्रतियोगिता, लोक झाँकी तथा सांस्कृतिक कार्यक्रम, डोको क्यारी रन, डोको तथा टपरी बुन्नेसहित तेस्रो औद्योगिक कृषि मेला ताप्लेजुङ पर्यटन महोत्सवमै आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !