१६ असार २०८१, आइतबार

कोशी प्रदेशको राजधानी विराटनगरमा खुल्यो भब्य ‘हिलटन रेष्ट्राे’


हिलटन रेष्ट्राे

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा ‘हिलटन रेष्ट्राे’ खुलेको छ । विराटनगर महानगरपालिका-३ दुध फारम नजिक हाइवेमा रहेकाे भब्य हिलटन रेष्ट्राेको शुभारम्भ गत चैत १६ गते शुक्रवार भएको संचालक चमेशराज ढकालले दिएका छन् ।

गत चैत १६ गते सफ्ट ओपेनिङ गरेर शुभारम्भ गरिएकाे उक्त रेष्ट्राेलाई नववर्ष २०८१ सालको उपलक्ष्यमा आगामी वैशाख १ गतेदेखि खाना मेन्यूहरु थपेर बृहत रुपमा संचालन गरिने संचालक ढकालले जानकारी दिए ।

संचालक ढकालका अनुसार दुबईमा लामाे समय काम गरेर फर्किएका सेफ र लण्डनकाे हाेटल रेष्टुरेण्टका अनुभवी व्यवस्थापनले याे हिल्टन रेष्ट्राेलाई चलाएका छन् ।

यहाँ कन्टिनेन्टल, चाईनिज, इण्डियनका साथै स्थानीय परिकारहरु उपलब्ध छन् । मटन र चिकेनमा पक्कु, सेकुवा, बाेयल लगायतका परिकारहरु हिलटनमा राखिएका छन् ।

साथै भारतीय परिकारहरु बनाउनकाे लागि अनुभवी कुक समेत राखिएकाे रेष्ट्राे व्यवस्थापनले जनाएको छ । साथै हिलटनमा भेजिटेरियनहरुलाई लक्षित गरी अलग्गै किचेनकाे व्यवस्था समेत गरिएकाे छ ।

 हिलटन रेष्ट्राे

अरुभन्दा फरक, स्वादिष्ट, आधिकारीक खाना र अर्गानिकतानै हिलटनको प्रमुख विशेषता रहने कुरा पनि संचालक ढकालको दावी छ । दावीमा खरो उत्रिने ढकाल बताउँछन् । खसीको विविध परिकारका अलावा अन्य खानाका धेरै परिकारहरु यहाँ उपलब्ध हुने कुरा पनि ढकालले जानकारी दिएका छन् ।

संचालक ढकाल कुनै समयताका लण्डन पढ्न भनी गएको बेला होटलमै काम गरेर किचेन क्षेत्र नै सम्हालेकोले यहीँ क्षेत्रतिर बढी लगाव भएका कारण समेत आफुले आफ्नै माटोमा केही गर्नुपर्छ भनेर होटल व्यवसाय नै शुरु गरेको बताए ।

१० करोड (घडेरी–कन्स्ट्रक्सन समेत) आसपास लगानी रहेको यस रेष्ट्राे साच्चै नै शानदार राम्रो, पूर्ण त पारिवारिक बनेको छ । यँहा विषेशगरी परिवारहरुकाे लागि छुटै एसी जडित रेस्टुरेण्ट समेत बनाइएकाे छ ।

साथीभाई र इस्टमित्रसँग जमघट गर्नकाे लागी पनि हिलटनमा ओपन रेस्टुरेण्ट समेत निर्माण गरिएकाे छ । होटलमा शुरुवात चरणमा १५ जना स्टाफ राखिएको छ । उक्त रेष्ट्राेमा उपलव्ध परिकारहरुबाट खानाका पारखीहरु पूर्ण रुपमा सन्तुष्ट भएको सकारात्मक प्रतिक्रिया आइरहेको संचालकले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !