२५ बैशाख २०८१, मंगलबार

नेपाल एयरलाइन्सद्वारा ५ वटा चिनियाँ जहाज लिलामीमा


नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ५ वटा चिनियाँ जहाज लिलामीमा राखेको छ । नेपाल एयरलाइन्सले ‘कामै नलागेका’ पाँच चिनियाँ विमान लिलामीमा राखेको हो ।

आज बिहीबार सूचना निकालेर एयरलाइन्सले आन्तरिक उडानका निम्ति खरिद गरेका दुई एमए–६० र तीन वाई–१२ ई विमान लिलामी बिक्रीमा राखिएको जानकारी दिएको हो । सूचनामा आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद दिइएको छ ।

सरकारले चीनबाट ल्याइएका विगत तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड जहाजहरु बेच्न आज टेन्डर आह्वान गरेको हो । प्राविधिक रुपले मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या भएपछि ग्राउन्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज बेच्न टेन्डर आह्वान गरिएको हो ।

यस्तो छ नेपाल एयरलाइन्सले निकालेको सूचना

नेपाल एयरलाइन्सले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !