१२ आश्विन २०८१, शनिबार

पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो


पोखरा विमान दुर्घटना

गण्डकी । पोखरामा आज विहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३५ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।

उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

यती एयरलाइन्सको कलसाइन ९एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो ।

प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।

पोखरा विमान दुर्घटना पोखरा विमान दुर्घटना पोखरा विमान दुर्घटना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !