२२ पुस २०८१, सोमबार

हिमालय एयरलाइन्सले भैरहवाबाट थाल्यो मलेसियाको क्वालालम्पुर उडान


हिमालय एयरलाइन्स भैरहवा

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले रुपन्देहीको भैरहवास्थितबाट उडान थालेको छ । एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा मलेसियाको राजधानी क्वालालम्पुर नियमित चार्टर उडान सुरु गरेको हो ।

नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाइङ इजाजतपत्र प्राप्त भएपश्चात् आज बिहीबारदेखि उडान सञ्चालन भएको हो । जजिरा एयरवेजपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने हिमालय एयरलाइन्सदोस्रो कम्पनी बनेको हो ।

हिमालय एयरलाइन्सको पी-३२०जहाज आज बिहीवार १३५ यात्रुलाई लिएर क्वालालम्पुरका लागि उडेको हो । हिमालय एयरलाइन्सको प्रशासनका उपाध्यक्ष, विजय श्रेष्ठले भैरहवाबाट नियमित उडान सञ्चालन गर्न निरन्तररुपमा लागि रहेको बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड हैन्डिलिन्ग तथा गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति गर्न दिएपछि गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर उडान सुरु गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !