११ असार २०८१, मंगलबार

पोखरामा दुर्घटनामा खेलाडीको मृत्युपछि देशैभर प्याराग्लाइडिङमा प्रतिबन्द


प्याराग्लाइडिङ फाइल फोटो

काठमाडौँ । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नागरिक उड्डयन प्राधिकरणले पोखरामा दुर्घटनामा परेर खेलाडीको मृत्यु भएपछि देशैभर प्याराग्लाइडिङमा प्रतिबन्द गरेको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका २६ वर्षीय खेलाडी निसिम थापाको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएपछि प्राधिकरणले प्याराग्लाइडिङ सम्बन्धी उडान बन्द गर्ने निर्णय गरेको हो ।

आज बिहान पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको थियो ।

थापाले सराङकोटबाट लगत्तै १०० मिटर माथिबाट उनी जमिनमा खसेका थिए । जमिनमा खसेर घाइते भएका थापाको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो ।

प्राधिकरणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभरका साहसिक तथा व्यवसायिक खेल प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको हो । यद्यपि प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यो खेललाई व्यवस्थित बनाउन तत्कालका लागि बन्द गरिएको स्पष्ट पारेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !