१२ असार २०८१, बुधबार

नेपाल वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति


वाइडबडी

काठमाडौँ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । लामो समयको अथक प्रयास पछि काठमाडौ-रियाद उडानको नेपाल बायुसेवा निगमले अनुमति पाएको छ । अब काठमाडौ साउदी अरेबियाको सिधा उडानबाट धेरै नेपाली लाभान्वित हुने भएका छन् ।

नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको हो । यसका लागि मन्त्री आलेको निर्देशनमा केही समयअघिदेखि पत्राचार एवं सम्पर्क भएको थियो ।

उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरु साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रियाको थालनी गर्नुभएको थियो । निगमले चैतदेखि पहिलो चरणमा काठमाडौँ–रियाद–काठमाडौँ सातामा तीन दिन उडान गर्ने जानकारी गराएको छ ।

यसअघि साउदीमा हिमालय एयरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन ।

निगम साउदी नगएकै कारण त्यसताका गल्फ एयरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने-लैजाने गर्न थालेको हो ।

यस्तो छ हेर्नुहोस् नेपाल वायुसेवा निगमले निकालेको प्रेस विज्ञप्ति

नेपाल वायुसेवा निगमले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !