नेपालको सन्दर्भमा जुन किसिमले नोबेल कोरोना भाइरसले आफ्नो पकड विस्तारै-विस्तारै बढाउदै गएको छ । यसले लकडाउन कति बढाउन आवश्यक छ भन्ने कुरा भन्दा पनि परीक्षणको दायर कति बढाउन सकिन्छ भन्ने संकेत दिएको छ ।
लकडाउन समस्या होइन समस्या उपचार र रोगको पहिचानको हो । आज नेपालमा देखिएका थप जतिपनि कोरोनाका केसहरू छन्, यो सवै लकडाउन खुकुलो पार्नाले लुकेका बिरामी बाहिर आउदा देखिएको हो भन्दा खासै फरक छैन । अब देशमा झन्-झन् कोरोना थपिने संकेत देखिन थालेको छ ।
यसले रोक्ने एउटा मात्र विकल्प लकडाउन होइन रोग परीक्षणको दायरा बढाउन आवश्यक हुदैछ । लकडाउन बढाउने तर रोगको परीक्षण गर्ने प्रक्रियामा ढिला सुस्ती गर्दै जाने हो भने यसले देशमा ठूलो संकट निम्ताउन सक्ने भएको छ ।
लकडाउन अझ बढाउदै जाने हो भने यसले नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्छ । बरू सतर्कता अपनाउदै बाहिरबाट आउनेहरूको निगरानी गरेर चेकको दायरा बढाउन सके यसले अर्थतन्त्रमा ठूलो असर नहुन सक्छ ।
अल्प विकसित राष्ट्रले यो कुरा भुल्नु हुदैन र विकाशिल राष्ट्रको तुलना आफूलाई गर्न पनि हुदैन । हिजो नोबेल कोरोना भाइरस थिएनन् निमोनिया र हृदय रोगका कारणले मर्ने जति संख्या नोबेल कोरोनामा छैन ।
आज हामीमा एकता तोडिएको छ । मर्दा मलामी जानेहरू कोही छैन रोग सर्ने तरासले मानिस नजिक जान चाहदैन । हामी अमर कोही छैनौं । यदि यो समस्यालाई यहि छोडेर व्यवसायमा लाग्छौं भने सायद मलाई लाग्छ हामीले यो रोगबाट बिजय गर्नेछौं ।
रोगलाई हवा दिनाले झन ठूलो हुदैछ । मानसिक टेन्सनका कारण मान्छे मर्दैछन् । रोगको कारण भन्दा पनि मरिने भो भन्ने चिन्ताले गर्दा मानिस मर्नेछन् । उपचार गर्ने केन्द्र र रोगको जाँच गर्ने केन्द्र बढाएर जानासाथ यो रोग त्यसै हराएर जानसक्छ ।
मानिसलाई डरले जीवन होइन निडर्ताको जीवन जिउन दिनुपर्छ । कति मर्लान भन्नेतर्फ भन्दा कति बचाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने समय आएको छ । हिजो आज झै गरेको भए निमोनिया, हृदय रोग, बाल मृत्युदरमा सरकारले नि:शुल्क उपचार गराइदिएको भए अकालमा कोही मर्ने थिएनन् ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।