लोकतन्त्र शाशन व्यवस्था त्यतिबेला फस्टाउने थियो जतिबेला राजसंस्थाका पालामा खोलिएका उद्योगलाई मलजल दिएर अझ राम्रो बनाउने काममा सबैको ध्यान केन्द्रित हुन्थ्यो तर यहाँसम्म कसैको ध्यान केन्द्रित हुन सकेन यहि नै सवैभन्दा ठूलो दुर्भाग्य बन्यो । यता नत जनताको आँखा पुग्यो नत देशको विकासमा ठोस कदम नै चालियो ।
हिजो नेपालको शाही वायुसेवा निगमको उडानले नेपाल र नेपालको पहिचान विश्व सामु पुराउन सफल थियो तर आज सवै भागवण्डामा बेचेर खाइएको छ । यहाँ राम्रो पार्टी को र कसले यो राष्ट्रको हितमा काम गर्दैछ भन्ने कुरा देख्न सकिएन । यता पनि जनताको ध्यान पुग्न सकेन यो भन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ ।
नेपालका बहुचर्चित अन्तर्राष्ट्रिय सहयोगमा बनेको भृकुटी कागज कारखाना, बासबारी छाला जुता कारखाना, हेटौंडा कपडा उद्योग, सिमेण्ट कारखाना, चुरोट कारखाना जस्ता देशभित्र रहेका अनेकौं उद्योग समाप्त पार्ने यस्ता नेतृत्वलाई चुनाब जिताएर पठाउने हाम्रा जनता नेताको दिमागमा घुस्न नसकी जनताको आँखामा समेत छारो हाल्न सफल यस्ता व्यक्तिको पछाडि लाग्न पछि परेनन् ।
मेरो नेता भन्दै हिड्नेहरूले पछि फर्केर ध्यान दिन समेत फुर्सद छैन । यहाँ शिक्षित पिएचडी गरेकाहरू समेत गलत व्यक्तिहरूको पछाडि लागेर आज देश स्वाहा हुदै गरेको दृश्य हेर्दैछन् । नपढेकाले केहि नगरेपनि पढ्नेले त केही गर्न सक्नुपर्छ तर सवै कानमा तेल हालेर बसेको देख्दा अचम्म लाग्छ ।
इतिहास साक्षी छ । राजाले विकास नगरेका होइनन् तर हाम्रा जनता नै अन्धा हुनाले दु:खको सामना गर्नुपरेको छ । मत नेतालाई दोष दिन चाहन्न कौवाको पछि लाग्ने जनता नै गलत छन् जनता वेकुप हुनाले नै आज देशको यस्तो हविगत हुदैछ । अझ समय छ । देशको विकास कोबाट सम्भव छ भन्नेतर्फ सबैको ध्यान पुग्न जरुरी छ ।
माओवादीले देशमा भएका विकासका संरचना ध्वस्त पारे केहि गर्छन् भन्ने आशाले जनताले भोट दिए आफुले समाप्त पारेका संरचनातर्फ ध्यान दिन सकेनन् आज अरू पाटीसंग विलय हुनुपर्ने थिएन तर पर्यो यो भन्दा ठूलो विडम्बना के हुनसक्छ । कसले मिलाउछ र चुनाब लड्छु भन्ने अवस्था देखिन्छ यो सवै दुर्दर्सिताको अभावका कारण यस्तो दुर्दशा देखिएको छ । कम्युनिस्टहरूका कारण देश धेरै पछाडि धकिलिदै गएको देखिन्छ ।
राष्ट्र स्वार्थीहरूको भुमरीमा फसिसकेको छ । समयमा ध्यान दिन नसके ठूलो दुर्घटना घट्न सक्ने संकेत देखिदै छ । अबको भूमिका भनेको देशमा सैनिक शाशन लगाउनुपर्ने समय आएको छ । जनताको आँखाबाट पट्टी हटाउन आवश्यक छ । नेतृत्वले खोक्रो एजेण्डा जस्को कुनै महत्व छैन त्यस्ता एजेण्डा लिएर फेरि चुनाव लड्ने छन् यसतर्फ सबैको ध्यान पुग्न जरुरी छ ।
विकासको परिभाषा नजान्नेहरूको हातमा देश पुगेको छ । हामीले अब पछि फर्कने समय आएको छ । यदि समय छदै यो विषयमा कसैको ध्यान पुगेन भने देशमा विकास त होइन देशलाई कस्को गुलामीको जंजिरमा बाध्नेछन् यो समयले बताउने छ ।
हामीले लामो समय पार्टीका गतिविधि नजिकबाट हेरेका छौं । अब हामीले नेपाल प्रहरी र नेपाल सेना जसको इज्जत राजनीति गतिविधिले गर्दा समाप्त भएको छ बचाउन अघि बढ्नुपर्ने समेत आएको छ । देश बचाउन जस्तोसुकै कदम चाल्न सक्नुपर्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।