६ बैशाख २०८१, बिहिबार

अरूको भरोसामा बाच्ने मान्छे हमेसा पछाडि नै परेको हुन्छ


डा. राम बहादुर बोहरा

एमाले दुई खेमामा भएकाले कुनलाई बैधानिकता दिन सकिन्छ भन्ने कुरा वर्तमान अवस्थामा छुट्याउन हम्मे-हम्मे परेको छ । नियम र कानुनको हैसियतले माओवादीले आफ्नो पार्टी समाप्त पारेर एमालेमा विलए भएको देखिन्छ । हरेक व्यक्तिले आफुमा छमता नभएपछि अर्काको पछि लाग्ने गरेको हुन्छ ।

आज अरूलाई मिलाएर एकीकृत भएपनि त्यसको मौलिक हक अधिकार भनेको विलय भएको पार्टीको होइन विलिन बनाउने पार्टीको हुन सक्छ । तर हामीले हेर्दा विलय हुने पार्टीको पल्लाभारी भएको देखिन्छ ।

देशको विकासमा भन्दा आफ्नै स्वार्थमा लागेको देखिन्छ । दुइतिहाईको शक्ति भएको शिङ्गो पार्टीलाई दुईधारमा लग्नुको सट्टा यसलाई अझ शशक्त अवस्थामा लगेर देशमा राम्रो काम गर्न सके आगामी चुनाबमा यसको पकड बलियो हुनुपर्ने हो तर विलय भएको पार्टिले नै राजीनामा माग्दा यसको असर जनतामा पर्न जान्छ ।

आगामी चुनावमा कुन पार्टीले कुन चिन्ह लिएर अगाडि बढ्ने र जनताले कुन पार्टीलाई ठिक भन्ने प्रश्न चिन्ह खडा भएको छ । प्रधानमन्त्रीले स्वेच्छाले काम गर्ने वातावरण नभएकाले त्यसको असर विकास र जनतामा पर्न सक्छ ।

१७ हजारको बलिदानबाट प्राप्त उपलब्धिलाई धरासायी हुने खालका काम प्रचण्ड पथले अरूसंग मिलेर होइन आफै आफ्नो शक्तिलाई प्रयोग गरेर देशको विकासमा लाग्न सकेको भए यस्ले धेरै राम्रो हुने थियो तर हरेक पटक हरेक पार्टीसंग मिलेर काम गर्दा यसले पब्लिकमा गलत सन्देश गएको अनुभव गर्न सकिने भएको छ ।

लोकतन्त्र शाशनमा जसले जे पायो त्यही गर्ने जुन खालको काम हाल नेपालमा देखिएको छ । यो गलत भन्दा खासै फरक छैन । हामीले परिवर्तन चाहनुपर्छ र मात्र परिवर्तन सम्भव छ। राजालाई फालेता पनि राजाको जस्तो सोच हामीले हाम्रो मानस पटलबाट हटाउन सकि रहेका छैनौं ।

अरूले गरेको उपलब्धिलाई गलत भन्ने तर आफुले पनि केही गर्न नसक्ने भएकाले यसको असर जनतामा पुगेको र जुन जोगी पनि कान चिरेको भन्ने कुरा जनताको मानस पटलमा बस्न गएको वर्तमान राजनीतिले देखाएको छ ।

लोक भन्नाले जनता र तन्त्र भन्नाले जनतालाई महंगी लाद्ने व्यवस्थालाई नै लोकतन्त्र होइन भन्ने अनुभुति यसले देखाएको छ । तर लोकहितमा गरिएको सासन ले जनता र सरकार दुवैलाई फाइदा देखिन्छ । आज युवा पलायन गराउनमा सरकारको ध्यान बढी केन्द्रित रहेको देखिन्छ ।

हामीले देशमा बन्द अवस्थामा भएका सवै उद्योगलाई क्रमश: सुचारु गर्दै गएको भए आज देशले ठूलो उपलब्धि हासिल गर्न सक्ने थियो तर स्वार्थमा डुब्दै जादा यसल्ले लोकतन्त्र शाशन व्यवस्था भन्दा पंचायती व्यवस्था नै ठिक हो भन्ने कुरा आज जनतामा पर्न गएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !