२४ पुस २०८१, बुधबार

के यो सत्य होइन त ?


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जब-जब अन्याय र अत्यचार हुन थाल्छ त्यहाँ विद्रोह शुरु हुन्छ । राजाको शाशनकालमा भएका उद्योग १७ हजारको बलिदानले समाप्त पारेतापनि पुन: ती उद्योगमा थप लगानी गरेर युवालाई जागिर दिन सकेको भए शायद यी जनताले अहिलेको सत्तापक्षको आलोचना गर्ने थिएनन् ।

परिवर्तन जनताले नभई नेतृत्वले चाहेको अनुभुति जनताले महसुस गरे यो नै दु:खद हो । समयमा गरेको उपलब्धिलाई सबैले प्रशंसा गर्थे तर पछुताउने खालको काम हुनु भनेको कमजोरी हो यसको फाइदा अरूले उठाउनेछन् ।

हिजो आन्दोलन गरेर प्राप्त गरेको यो उपल्ब्धिलाई स्वार्थले समाप्त पार्दैछ । मैले पनि अब देशमा परिवर्तन पक्कै होला भन्ने अडकल लिएको थिए तर मेरो सोच पनि गलत सावित भएछ । देशमा कोरोनाको कारणले नागरिकको हतास भएका बेला कालोबजारी हावी भएको देखिन्छ ।

परिवर्तनको पछाडि सवैभन्दा ठुलो हात भनेको सल्लाहकार ठिक हुन सक्नुपर्छ तर गर्ने भन्दा गराउने भलो भन्ने कुरा हाम्रो देशमा लागु भएन यो नै ठूलो दुर्भाग्य देखिन पुगेको यस घडिमा देश र जनताको भावनालाई भन्दा स्वार्थलाई बढी जोड दिदा देश ओरालो लागेको देखिन्छ ।

देशको अवस्थालाई नियालेर हेर्दा गरिबी नभएको देशमा गरिबी बढ्न थालेको देखिन्छ । परिवर्तन नभएको होइन परिवर्तन स्वयम् नेपालीले दु:ख कष्ट सहेर गरेका हुन तर गरेको उपल्ब्धिलाई हेर्ने तरिका गलत भइदिनालेनागरिकले सोच्ने कुरामा धेरै परिवर्तन भएको छ ।

लोभ र लालचले मानिसलाई कदापि छोड्दैन हिजोका शाशकले केहि गरेनन् भन्दै सडकमा निक्लने जनतालाई अब बोलाउनु पर्दा कोहि नआउने निश्चित देखिन थालेको छ । मलाई एउटा घटना याद आउछ । म त्यति बेला मध्य प्रदेश डिष्ट्रिक हस्पिटलमा तालिम लिदै थिए । भोलीपल्ट कंकरमजारे त्यहाँका युवा नेताले झेलभरो आन्दोलन शुरु गरेका ।

झेलभरो आन्दोलनको जरोकिलो के रहेछ भन्दै म पनि साथीहरूसंग सरिक भए उहाँको माग यस्तो रहेछ । त्यो समयमा धानको भाउ कम भएकाले जनताको लागी यो आन्दोलन सुरु गरेका रहेछन् पछि सरकाले धानको भाउ बढाएको थियो म यो आन्दोलनमा ३ घण्टा जेल बसेको थिए मलाई धेरै आनन्द लागेको थियो तर यहाँ भने आफ्नो स्वार्थमा स्वयम् नेता लागेको पाए यो दु:खद हो भन्ने लागेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !