७ असार २०८१, शुक्रबार

भृकुटी कागज कारखाना : युवा नजागे यो देश बन्दैन


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

भृकुटी कागज कारखाना विदेशी सहयोगमा निर्माण भएको देखिन्छ । यहाँ ५ हजार कर्मचारीले काम गर्थे । आज लोकतन्त्र आएपनि बन्द नै छ । यहि अवस्था भइरहने हो हो भने विदेशी सहयोगको कुनै औचित्य छैन ।

जनताको हितमा भन्दा निजी स्वार्थमा राजनीति दल लागेको प्रष्ट देखिएको छ । के यो बन्द गर्नाले जनतालाई फाइदा भएको देखिन्छ त ? जनता आन्दोलन गर्छन् तर नेताको स्वार्थपुर्ति गराउनको लागि ?

खोई जनताको ध्यान यसतर्फ म नेतृत्वलाई दोष दिन चाहिन । यदि जनताले बन्द उद्योग खोल्न दवाब दिन सकेको भए आज यो स्थितिको सामाना गर्नुपर्ने थिएन । जनता भनेका नेतृत्वका कठपुतली हुन । एक बोतल वियर र एक प्लेट मासु खाए जे पनि गर्न तयार हुन्छन् ।

यस्तो पाराले के देशमा विकास होला त ? अब म हरेक जनतालाई सोध्न चाहन्छु । हरेकलाई बियर र मासु प्यारो छ कि युवा रोजगार होस् देशमा विकास होस् भन्ने चाहना छ । यदि रोजगार र विकास होस् भन्ने चाहना भए पार्टी सदस्य त्यागेर विकास होस् भन्नेतर्फ लागौं ।

अब हामीलाई पार्टी होइन विकासको खाँचो छ । बन्द उद्योग खोल्न सक्ने सक्रिय व्यक्तिको खाँचो छ । लोभमा होइन देशको विकास होस् भन्नेमा सबैको सहयोगको खाँचो छ । एमसीसीको प्राप्त रकमले देशको विकास होला भन्ने कोरा सपना हेर्न छाडौं किनभने चीनले दिएको सहयोगबाट बनेको उद्योग गैडाकोट भृकुटी पल्प कारखानालाई हेर्न सक्नु हुन्छ अहिले अलपत्र परेको सबैले देख्नु भएकै छ ।

यहाँ नोकरी गर्ने आफ्नो सन्तान नभए के भयो त । नेपाल आमाका सन्तानले जागिर गरेका थिए, आज दरदरको ठोकर खाएका छन् । के यही पाराले देशमा विकास सम्भव छ त ? रक्सी र मासु पाएमा हामीलाई पुग्छ । धन्य छ नेपाली हामी जसले जे गरेपनि वास्ता छैन । देश ओरालो लागि सके तर सवै चुपचाप छन् । के यही पाराले देशको विकास सम्भव छ । देशको लागि यहाँ कसैलाई माया छैन यदि छ भने एक बोतल वियर र एक प्लेट मासुमा बिक्ने नेपाली छन् यहाँ ।

युवालाई म के भन्न चाहन्छु भने जागिर गर्न विदेश नै प्यारो छ भने यहाँ मैले भन्नु केहि छैन । यदि नेपालमा उद्योग होस् यही जागिर होस् भन्ने चाहना भए बन्द उद्योग खोल्न सरकारलाई दवाब दिनुस् युवा जागे यहाँ जे पनि सम्भव छ । एक बोतल वियर र मासु होइन तपाईको भविष्य बनाउन विकासको र बन्द उद्योग खोल्नको खाँचो छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !