२२ पुस २०८१, सोमबार

भारतीय मेडियाका कारण नेपाल-भारतको चिसिदैछ सम्बन्ध


नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द गर्ने निर्णय
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

काठमाडौँ, साउन ११ । नेपाल र भारत यी दुई राष्ट्र मित्र राष्ट्रको रूपमा परिचित थिए तर अहिले सिमा विबादका कारण सम्बन्ध चिसिदै गएको देखिन्छ । कुनै पनि मित्र राष्ट्रले छिमेकीसंगको सम्बन्ध कुटनीतिक तरिकाबाट समाधान गर्नुपर्छ ।

देश सानो भएपनि नेपाल कमजोर छैन यो भारतले बुझ्न सक्नुपर्छ । नेपाल भारतको पुरानो सम्बन्ध तोड्ने काममा भारतीय मेडियाहरूले अनर्गल प्रचार गर्ने नेपालका शासकहरूलाई बदनाम गर्ने जस्ता क्रियाकलाप सुन्न सकिन्छ ।

नेपालको भू-भाग भारतले मात्र होइन चीनले पनि मिचेको भन्ने केहिको भनाई छ । भाषण गरेर मात्र समस्या समाधान हुनेवाला छैन । यसका लागि दुवै देश बसेर बार्ता गर्न सक्नुपर्छ । नेपालले भारतको लागि धेरै गरेको छ ।

आज नेपालमा आलुदेखि सियोसम्म भारतीय सामान नेपाली बजारमा पाइन्छ । कुनै प्रतिबन्ध छैन यो कुरा भारतीय मेडियाले बुझ्न सक्नुपर्छ । नेपाल भारतमा निर्भर नभई भारत नेपालमा निर्भर देखिएको छ । सिमामा रहेका भारतीय बजार यदि नेपाली खरिद गर्न नगए सुनसान देखिनेछ ।

यो कुरा हरेक भारतीय मेडियाकर्मीहरूले दुई देशको सम्बन्ध भडकाएर होइन समझदारी साथ निभाउन सक्नुपर्छ । नेपालीलाई परनिर्भरमा पार्ने काम भारतले गरेको देखिन्छ । यदि भारतीय उत्पादन नेपाल आउदैन भने नेपाली सामानले बजार ओगट्ने प्रशस्त सम्भावना छ ।

नेपालको विकास गर्न र व्यापार सुधार गर्न अब सीमा बन्द गराउनु पर्छ । सिमा मात्र होइन भारतिय गाडि नेपाल प्रवेश गर्न समेत निसेध गर्न सक्नुपर्छ । अति आवस्यक सामान बाहेक सवै सिल गर्न सकेमा नेपाल धेरै अगाडि बढ्न सक्ने देखिन्छ ।

मागेर खाने नेपाली खोज्न सकिदैन तर नेपालमा भारतीय धेरै छन् तर नेपाली ले दिएको पैसाले भारतीय धेरै अगाडि बढेका छन् । दुई छिमेकी लडेर कसैलाई पनि फाइदा छैन । यो कुरा छिमेकी देशका मेडियाले बुझ्न सक्नुपर्छ । भारतीय मेडियाहरू चाइनाबाट संचालित भएको अंकलन गर्न सकिन्छ ।

नेपाली सासकहरूको कारण आज नेपाल धेरै पछाडि धकिलिएको छ । वर्तमान हेर्ने तर भविष्य नहेर्ने हुनाले यस्तो भोग्नु परेको छ । देशले विकासको सपना देखेता पनि सासकको ध्यान यता छैन । परिवर्तन समयको माग हो । यो समयमा देशको लागि केहि सोच्नुपर्छ । फजुल खर्चमा नअल्झेर देशको विकासमा लागौं । यसले सबैको भविष्य उज्ज्वल बनाउनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !