साहित्य क्षेत्रलाई अझै बृहत् बनाउनु आवश्यक छ : पूर्वप्रधानमन्त्री चन्द
काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले साहित्य क्षेत्रलाई टेवा पुग्ने गरी योगदान बढाउनु आवश्यक रहेको बताएका छन् । काठमाडौँमा ‘स्व चन्द्रबहादुर गुरुङ स्मृति तथा अध्ययन प्रतिष्ठान’ले आज आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा उनले साहित्य क्षेत्रको अवस्था सोचेजस्तो नरहेको बताए