१३ फागुन, बुटवल । शिक्षकले अनावश्यक लान्छना लगाउँदा सहपाठी विद्यार्थीले ‘आत्महत्या’ गरेको भन्दै बुटवलको अक्सफोर्ड कलेजका विद्यार्थी न्याय माग्दै सडक उत्रिएका छन् । कक्षा १२ मा पढ्ने रुपन्देहीको सालझण्डी घर भएका विक्रम सापकोटाले शुक्रबार दिउँसो घरमै आत्महत्या गरेका थिए ।