७ पुस, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीपुर (दाङ्) मा विद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २२ जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज टवीट्मार्फत शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो ।