बार एशोसिएसन परिसरमा दुई वकिलबीच कुटाकुट
काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा कानूनी व्यवसायीबीच कुटाकुट भएको छ । स्रोतका अनुसार शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो