प्राङ्गारिक खाना खुवाउन नगरपालिकाको अनुदान
रुकुम (पश्चिम), २० असार । आठबीसकोट नगरपालिकाले प्राङ्गारिक खाना खुवाउनका लागि एक होटललाई अनुदान उपलब्ध गराएको छ । वडा नं ९ स्थित चित्रीपाटन अग्र्यानिक होटलले सर्वसाधारणलाई प्राङ्गारिक खाना खुवाऊन् भन्ने उद्देश्यले रू तीन लाख ७५ हजार अनुदान दिइएको हो ।