विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
४ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि सांसद कृष्णभक्त पोखरेलले आफ्नो धारणा राख्नुभएको थियो ।