काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यादेवी भण्डारी पूर्वराष्ट्रपतिको हैसियतमा चीन भ्रमणमा गएका बताएका छन् । आइतबार बसेको एमालेको सचिवालय बैठकपछि उनले भण्डारी एमाले आन्दोलनको नेता भएकाले पनि भ्रमण दलमा पार्टीका नेताहरु सहभागी भएको उल्लेख गरे।