काठमाडौं । समाजसेवी सपना रोका मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ । विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो