कोरोनालाई शक्तिमा रुपान्तरण गर्न युवालाई कृषिकर्म
काठमाडौँ, २९ चैत । कोरोना भाइरस सङ्क्रमण फैलिनुअघि नै कामका लागि नेपालका झण्डै ४० लाख युवा मुलुक बाहिर थिए । सङ्क्रमण फैलिनु पहिले नै भारतलगायत अन्य केही मुलुकबाट प्रायः युवा गाउँ फर्किसकेका छन् । नेपालका अधिकांश मानिस गाउँमा बस्छन् ।