हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ, मालिकाधुरी
२७ वैशाख, म्याग्दी । हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ पनि छ भन्दा सहजै कसले पो पत्याउन सक्ला र ? तर, म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने भिरालो पहाडको टुप्पोमा अवस्थित मालिकाधुरीमा पुग्नुहोस् तपाई आफैँ हिमालभन्दा अग्लो देखिनु हुनेछ ।