नीतिगत सुधार र प्रविधिमैत्री कानुन निर्माण हुनुपर्नेमा मन्त्री भण्डारीको जोड
गोदावरी, कैलाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कानुनी जटिलताका कारण देशमा ठूला उद्योग स्थापना हुन नसकेको बताएका छन् । आज धनगढीमा आयोजित औद्योगिक नीतिको मस्यौदामाथि सरोकारवालासँगको छलफलमा उनले नीतिगत सुधार र प्रविधिमैत्री कानुन निर्माणको आवश्यकता रहेको बताए ।