पुल्चोकको दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा
काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । आज मंगलबार दिउँसो पौने ४ बजेतिर दाउरा थकालीमा आगलागी भएको थियो । दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको हो । आगो नियन्त्रणका लागि टोली परिचालन गरिएको थियो ।