नौ महिनापछि ढोरवाराही मन्दिर खुला
दमौली । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही मन्दिर नौ महिनापछि भक्तजनका लागि खुला भएको छ । शनिबार शुक्लागण्डकी नगरपालिकाले क्षमासहितको बहाली पूजा गरेपछि भक्तजनलाई खुला गरिएको ढोरवाराही क्षेत्र संरक्षण समितिका अध्यक्ष एवं शुक्लागण्डकी–९ का अध्यक्ष लोकनारायण श्रेष्ठले बताउनुभयो । उहाँका