मन्त्रिपरिषद्द्वारा दुवाडी, कार्की र आचार्यलाई सचिवमा बढुवा
काठमाडौँ । नेपाल सरकारले ३ जना सहसचिवलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा. गोकर्ण दवाडी, डा. योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिव बढुवा गर्ने निर्णय गरेको हो ।