काठमाडौँ । कोहि विचारा भनिरहेका थिए त कोही भगवानको अगाडि कसको के लाग्छ र भनिरहेका थिए । म मेरै घरमा अनजान जस्तै हुँदैथिए न त कोही मसँग बोलिरहेका थिए न त मलाई कसैले हेरिरहेका थिए । आखिर के हुँदैछ ? के भईरहेको छ ? अझै अन्योल थिए । फेरि सुटकेस भएतिर हेर्छु जहिको त्यही छ कसैले चलाको छैन त्यो पुलिस मेरो छेउँमा आँउछ उँ के भाको हो ? केहि थाहाँ भनेर सोध्छ म केहि बोल्नु अगाडि नै मेरो पछाडी भएको व्यक्ति बोल्छ के हुनु सबै राम्रै थियो यो भाई विदेशमै थियो उँ घर आउनु भन्दा अगाडि उसको स्वास्नीले छोडेर अर्को केटासँग पोइला गई र छोरी थिई एउटा उ पनि साथमा लिएर गई विचाराले धेरै ठाउँ खोज्यो तर कतै भेटेन त्यसपछि रक्सी खाई माती हिड्थ्यो आज त यस्तो पो गरेछ । विचाराको सबै सकियो पुलिस अरु केहि सोध्न खोज्दै थिए कि मुचुल्का टोली आईपुग्छ । त्यो पुलिस अहिले सोधुला भन्दै जान्छ । म भने को हो त्यो केटा ? यसको स्वास्नी पोईलस जाँदा मेरो घरमा किन झुण्डी मरेको अनि मेरो स्वास्नी छोरी खोई ? मलाई नभाको रिस उठ्छ म पुलिस भए नजिक पुग्छु । पुलिस सोधपुछ गरिरहेको थियो त्यो देखेर म केहि चुप हुन्छु तर रिस भने मरेको थिएन तर सुनिरहेको थिए । सबैजसो एउटै कुरा गरिरहेका थिए जुन अघि मेरो पछाडिको ब्यक्तिले गरेको थियो ।
सबैको मुखमा केबल एउटै कुरा मात्र थियो त्यो “झुण्डिएको लाश” को बारेमा । म त्यहि भएर पनि नभए जस्तै थिए परिचित मएर पनि अपरिचित जस्तै । मसँग किन कोहि केहि सोधिराखेको छैन ? कोहि किन केही बोली राखेको छैन घर मेरो सब चिज मेरो अनि म नै अपरिचित जस्तो । लाशको कानुनी प्रक्रिया सकिएर लाश निकाल्ने बेला हुँदैथियो साथै पोष्टमार्टमको लागि पठाउने तयारी पनि भइरहेको थियो । म अझै अन्योल थिए कौतुहलता र जिज्ञासाले दिमाग पडकिन आंटिसकेको थियो तरपनि त्यो झुण्डिएको लाश कसको हो ? हेर्ने ईच्छा अझै मरेको थिएन । म फेरी एकपटक सुटकेस भएतिर हेर्छु कसैले चलाको छैन जहिको त्यहीं छ । काले एकटकले भुकिरहेछो छ तर कसलाई ? बुढीदेखि पनि रिस उठेर आउँछ घर छोडेर कता हिडेको हो ? भनेर । म मनमनै घर त आओस् मैले जानेको छु भन्दै थिए । त्यही सोधपुछ गर्ने पुलिस केहि व्यक्तिहरुलाई मुचुल्का कागजमा हस्ताक्षर गराउदै थियो र उक्त मृतकको कोही नभएकोले कुनै एक व्यक्तिलाई पोस्टमार्टमसम्म जानको लागि अनुरोध गर्दै थियो । म भने कति खेर त्यो लाश बाहिर निकाल्छ र हेरुँम भन्ने पर्खाइमा थिए । शवबाहन पनि गेट बाहिर लाश पर्खेर बसिरहेको थियो । सायद प्रहरिले मगाएको हुनुपर्छ । केहि गाउँका व्यक्तिहरु र पुलिस मिलेर त्यो लाश निकाल्दै थिए म भने केहि पर बसेर त्यो सब हेर्दैछु सायद मेरो पर्खाई अब सकिने वाला थियो त्यो झुण्डिएको लाश कसको हो भन्ने खुल्दुली मेटिने वाला थियो ।
लाश केहि नजिक आईपुग्छ तर लाशको मुख अझै कपडाले ढाकिएको हुन्छ कसैले त्यो कपडा हटाईदिए पनि हुन्थ्यो जस्तो लाग्छ तर म आफैलाई भने त्यो कपडा हटाउँन मन लाग्दैन त्यहि अघि मेरो पछाडिको भएको व्यक्तिले एकचोटि मुख हेर्न पाईन्छ सर भनेर सोध्छ तर पुलिस उतै पोष्टमार्टम घरमै हेर्नु नि भनेर भन्छ तर त्यो व्यक्ति जिद्धी गर्छ र पुलिस त्यो झुण्डिएको लाश को छोपिएको मुखको कपडा हटाईदिन्छ त्यसपछि जे देखिन्छ मेरो होश उडेर जान्छ म झन् पसिनै पसिना हुन्छु मेरा हातखुट्टा काम गर्न छोड्छन् बोलि हराए जस्तो हुन्छ । अघिदेखि एकटकले भुकिरहेको काले अब भने भुक्न छोड्छ ।
*कथाकार बसन्त खड्का नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत छन् ।
यो पनि पढ्नुहोस्