२४ पुस २०८१, बुधबार

कथा शिर्षक : झुण्डिएको लाश ( भाग-२)


बसन्त खड्का

काठमाडौँ । वरपर भएका मान्छेहरू नियालिरहेको थिए । म फेरि त्यो भिडमा श्रीमती र छोरी खोज्छु जुन अझैदेखि राखेको थिइन । आखाँमा केहि समस्या भए जस्तो केहि स्पष्ट त केहि धमिलो देखिरहेको थिए । सायद चश्माले हुनुपर्छ जस्तो लाग्छ र लगाएको चश्मा म सर्टको अगाडिको गोजीमा हाल्छु ।

घर आफ्नै जस्तो भएपनि ठाउँ नौलो जस्तो लागिरहेको थियो तर घर एकिन मेरो थियो तरपनि बेला बेला झुक्किरहेको थिए । त्यहि सेतो रङ्गको भित्ता निलो टिन र काले बस पहिला छोडेर जाँदा सानो थियो अहिले केहि ठूलो भएको थियो । मलाई देख्ने वित्तिकै कुदेर आउने काले तर आज भने आएको थिएन काले बस भुकिरहेको थियो तर कसलाई स्पष्ट थिइन् । मलाई बोली नआएको हो की मसँग कोहि नबोलेको हो केहि बुझ्न सकिराखेको थिइन् ।

म अलिक पर धारातिर हेर्छु भात खाको भाडाहरु त्यसै थिए जुठो । म केहि रिसाई पनि रहेको थिए । मैले घर घेर्न लगाएको बारहरू कतै कतै भत्किएको थियो । केहि रिस उँठेपनि आफैलाई सम्हाल्छु । मलाई केही बढी गर्मी महसुस हुन्छ र सर्टको बाउला फोल्ड गर्छु निधारबाट पसिना चुहिरहेको छ तर अरु कसैको पसिना आएको देख्दिन ।

केहि बेरपछि त्यो अर्ध खुल्ला भएको ढोका पूरै खुल्छ र एउटा पुलिस निस्कन्छ म कोठाभित्र चिहाएर हेर्न खोज्छु तर स्पष्ट अझै केहि देखिरहेको थिइन । सायद भित्र कोठा अँध्यारो भएर होला भन्ने सोच्छु । लाशको पोष्टमार्टम गर्नुपर्छ हामीले माथि जिल्लामा खबर गरेका छौ मुचुल्का टोली आँउदै होला भनेर त्यो पुलिसले भनेको सुन्छु लाश भन्ने वित्तिकै मेरो जिउँ सिर्लिक्क भएर आउँछ ।

बोल्न खोज्छु तर बोली फुट्दैन । म फेरि श्रीमती र छोरी खोज्छु कतै देख्दिन शरिर चिसो भएर आउँछ । आखिर मेरो घरमा के भईरहेको छ म डराइरहेको थिए। अब भने म त्यो लाश हेर्न खोज्छु कोठाभित्र पनि केहि प्रहरी थिए जुन लाशलाई शुरक्षा दिइरहेका थिए । केहि हेर्न खोज्नेलाई हटाउँदै थिए र कराउदै पनि मलाई पनि डर लागेर आउँछ तरपनि केहि ढोका नजिक भने पुग्छ यति खेरसम्म मलाई प्रहरीले केहि भनेको छैन म कोठाभित्र केहि देखिरहेकोछु घरभित्र भएको काठको बलोमा एउटा मान्छे सलको पाँसो लगाएर झुन्डिएको छ तर अझै स्पस्ट भने देखिएको थिएन त्यो झुन्डिएको लाश । मनमा डर अनि उत्सुकता दु‌वै लागिरहेको छ, त्यो लाश कसको हो भन्ने जान्ने इच्छा पनि जागिरहेको छ ।

केटा हो की केटी अझै एकिन भको थिइन । सोध्दा पुलिस‌ले गाली गर्ने डरले म घाँटी मात्र तन्काउछु र अझै केहि भित्रसम्म हेर्न खोज्छु लाश अलि अलि देख्छु लगाएको पहिरनले त्यो झुन्डिएको लाश छोरा मान्छेको हो भन्ने एकिन हुन्छ तर लाशको मुहार भने कपडाले ढाकिएको हुन्छ । म केहि लामो सास फेर्छु र केहि ढुक्क हुन्छु तर यता मनमा भने अनेक प्रश्नहरु उब्जन थाल्छ । को छोरा मान्छे ? किन मेरो घरमा र के कारणले ? यसरी झुन्डिएको हो भन्ने सोच्न थाल्छु । मेरो शरीर केहि डरका कारण काँपिरहेको हुन्छ जसकारण मेरो शरीरबाट तिब्र गतिमा पसिना बग्न थाल्छ । म फेरि श्रीमती छारी खोज्छु जो कतै देख्दिन । केही पर काले एकहोरो भुकिरहेको छ तर कसलाई र किन थाहा छैन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !