काठमाडौँ । मेरो घर बाहिर बसेर केहि व्यक्तिहरु चियाईरहेका थिए । तर कसलाई ? र किन ? त्यत्ति स्पष्ट थिईन । म पनि काँधमा भएको झोला र सुटकेस छेउँमा राखेर घरतिर हेर्छु श्रीमती र छोरी पनि कतै देखिराखेको थिईन । म घरभित्र पस्छु र विदेशबाट ल्याएको सुटकेस त्यहि गेट छेउमा राख्छु र झोला काँधमै भिरेर अगाडि बढ्छु ।
जेठको चर्को घाम म घडि हेर्छु, दिनको १२:३० बजेको हुन्छ । गाउँका केहि चिनेका व्यक्तिहरू खासखुस कुरा गर्दै थिए । म के भाको भन्ने कुरामा अझै अन्योल थिए । म फेरि केहि अगाडि बढ्छु न त म अरुलाई न त कोही मलाई केहि सोध्छन् बस म चुपचाप हेरिरहन्छु । ३ (तिन) वटा कोठा भएको मेरो घर जसमा २ (दुई) वटामा ताल्चा लागेको थियो भने एउटा कोठा भने खुल्ला थियो तर पुरै खुल्ला भने थिएन ।
मैले साँनो हुँदा ल्याएको त्यो काले ठूलो भएको रहेछ मेरो कुकुर काँले केहि पर एकोहोरो भुकिरहेको थियो । म सुटकेस भएतिर कसैले चलायोकी भनेर हेर्छु तर सुटकेस जहिको त्यहिँ थियो । जहाँ मैले छोडेको थिए । अलि अलि गर्दै मनिसहरु बढ्दै गइरहेका थिए केहि चिनेका त केहि नचिनेका । कसलाई के सोध्नेमा म अलमल्ल परिरहेको थिए र बस…….क्रमश:
*कथाकार बसन्त खड्का नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत छन् ।