७ पुस २०८१, आइतबार

कोरोनाका कारण स्थगित टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि हुने


टोकियो ओलम्पिक २०२०

एजेन्सी, चैत १७ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक २०२१ को जुलाईमा गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको आईओसीको कार्यसमति बैठकले कोरोना भाइरसका कारण १ वर्षपछि धकेलिएको टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि ८ अगस्टसम्म आयोजना गर्ने निर्णय गरेको छ ।

२०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय भएको ओलम्पिक गेम कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएपछि पछि धकेलिएको थियो ।ओलम्पिक २०२१ मा हुने भएपछि यसको नाम भने ओलम्पिक २०२० नै रहने आईओसीले जनाएको छ ।

यस्तै, पाराओलम्पिक गेम २०२१ अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म जापानमै सञ्चालन हुनेछ । पाराओलम्पिक २०२० अगस्ट २५ देखि हुने तय भएको थियो । ओलम्पिक सरेपनि यसका लागि छनोट भएका खेलाडीहरुले पुन छनोट खेल्नु नपर्ने आईओसीका अध्यक्ष थोमस बिचले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !