१२ असार २०८१, बुधबार

१३ औं साग : सक्षमले दिलाए सागमा १०० औं स्वर्ण


१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत तेक्वान्दोमा पनि नेपालले स्वर्ण पदक जितेको छ । बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सक्षम कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७-९ को स्कोरमा हराउँदै स्वर्ण पदक जितेका हुन् । यससँगै सागमा नेपालको १०० स्वर्ण पुगेको छ ।

यो १३ औं सागमा नेपालको स्वर्ण २९ पुगेको छ । सागको इतिहासमा भने १०० औं हो । सन् १९८४ मा चार, १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ दुई, १९९३ मा एक र १९९५ मा चार, १९९९ को आठौं सागमा ३२ स्वर्ण, २००४ मा सात, २००६ मा ७ स्वर्ण, २०१० मा आठ र २०१६ मा तीन र हाल १३ औं साग २०१९ मा २९ गरी जम्मा स्वर्ण पदक जितेको संख्या १०० वटा पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !