२५ पुस २०८१, बिहीबार

विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डलाई, इङ्ल्यान्डले जित्यो ४६ करोड


एजेन्सी, ३० असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि आयोजक इङ्ल्यान्डले जितेको छ ।

आइतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो ।

२७ वर्षपछि फाइनलमा पुग्दै उपाधि चुमेको इङ्ल्यान्डले न्यूजिल्यान्डले दिएको २४१ रनको चुनौती पछ्याउँदै सबै विकेट गुमाएर २४१ रन नै बनाएको थियो । त्यसपछि सुपर ओभरबाट इङ्ल्यान्डले उपाधि जितेको हो ।

दुवै टोली पहिलो पटक विश्वकपको उपाधि चुम्ने लक्ष्यसहित मैदानमा उत्रिएका थिए । तर घरेलु मैदानको फाइदा उठाउँदै बाजी मार्यो । न्युजिल्यान्ड सन् २०१५ को विश्वकपको उपविजेता हो ।

क्रिकेटको जननी इंग्ल्याण्ड २७ वर्षपछि विश्वकपको फाइनलमा पुग्दै च्याम्पियन भएको हो । १९९२ पछि फाइनलमा इङ्ल्यान्डको सन् १९९२ पछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो ।

पछिल्लो पटक सन् १९९२ मा भएको उपाधि भिडन्तमा इङ्ल्यान्ड पाकिस्तानसँग पराजित भएको थियो ।

इङ्ल्यान्ड विश्वकपमा चौथो पटक फाइनलमा पुग्दै उपाधि उचाल्न सफल भएको हो । सन् १९९२ का अलावा इङ्ल्यान्ड सन् १९८७ मा अस्ट्रेलियार सन् १९९७९ मा वेस्टइन्डिजविरूद्धको उपाधि भिडन्तमा हार भोगेको थियो ।

अर्कातिर न्युजिल्यान्डको टिम दोस्रो पटको फाइनल खेलेको हो । सन् २०१५ मा पनि उसले अस्ट्रेलियाविरूद्ध फाइनल हारेको थियो।

उपाधि विजेता इंग्ल्यान्डले करिब ४६ करोड ६६ लाख नेपाली रूपैयाँ जितेको छ । इङ्ल्यान्डले विश्ववकपको ट्रफीसँगै उक्त रकम जितेको हो ।

लगातार दोस्रो पटक फाइनलमा हार भोगेको न्युजिल्यान्डको टिमले १४ करोड रूपैयाँमा चित्त बुझाएको छ । च्याम्पियन टिमले  सुन-चाँदीबाट बनेको ११ किलोको ट्रफी उचाल्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !