१२ असार २०८१, बुधबार

विश्वकप क्रिकेट: इङ्ल्यान्डलाई टक्कर दिँदै पाकिस्तान


एजेन्सी, २० जेठ । विश्वकप क्रिकेट अन्तर्गत आज साँझ घरेलु टोली इङ्ल्यान्ड र पाकिस्तानबीच नटिङघममा ३ः१५ बजे प्रतिस्पर्धा हुँदैछ ।

उक्त खेलमा पाकिस्तान घरेलु टोलीलाई रोक्ने दाउमा छ । इङ्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने प्रयासमा छ ।

विश्वकप उपाधिको दावेदार देखिएको इङ्ल्यान्डले पहिलो खेलमा दक्षिण अफ्रिकालाई एक सय चार रनले हराएको थियो । घरेलु मैदानमा यसपटक उत्साहित देखिएको इङ्ल्यान्ड समग्रमा सन्तुलित छ ।

यसैगरी पहिलो खेलमा वेस्ट इन्डिजसँग नमिठो हार खेपेको पाकिस्तान पनि इङ्ल्यान्डलाई कडा टक्कर दिँदै जित निकाल्न चाहन्छ ।

सन् १९९२ को विश्वकप विजेता पाकिस्तानलाई यसपटक पहिलो खेल खल्लो बन्यो । वेष्ट इन्डिजविरुद्ध एक सय ५ रनमा समेटिएको पाकिस्तान ६ विकेटले पराजित भएको थियो । त्यसैले पाकिस्तान आजको खेलमा इङ्ल्यान्डलाई हराएर विश्वकपमा टिकिरहने अभियानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !