८ मंसिर २०८१, शनिबार

प्रधानमन्त्री कप सुदूरपश्चिम र प्रदेश नं ५ ले अङ्क बाँडे


क्रिकेट

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ ले एक एक अङ्क बाँडेका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल वर्षाले प्रभावित गरेपछि सुदूरपश्चिम र प्रदेश नं ५ ले एक एक अङ्क बाडेका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले प्रदेश नं ५ लाई १८९ रनको मध्यम लक्ष्य दिएको थियो । १८९ को विजय लक्ष्यसहित मैदान उत्रेको प्रदेश नं ५ वर्षा बाधक बनेपछि खेल नै रोकियो । त्यसपछि खेल पुनः सञ्चालन हुन सकेन र खेल नै रद्द हुन पुग्यो ।

वर्षाले खेल रोकिनुअघि प्रदेश नं ५ ले १९ ओभरमा ४ विकेट गुमाएर ५६ रनको योगफल बनाएको थियो । प्रदेश नं ५ का लागि सुबेन्धु पाण्डेले २९ रन जोडेका थिए । सुदूरपश्चिमका विनोद लामाले २ विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १८८ रन जोडेको थियो । सुदूरपश्चिमका लागि खड्क बोहराले सर्वाधिक ६२ रनको योगदान दिँदा नरेश बोहराले ३१, नरेन्द्र साउदले २१ तथा लोकेश बमले १९ रन बनाए । प्रदेश ५ का लागि जीतेन्द्र सहानी, सिदान्त शाही र कृष्ण कार्कीले समान दुई÷दुई विकेट लिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !