१३ आश्विन २०८१, आइतबार

¥याफ्टिङ टोली अष्ट्रेलिया प्रस्थान


Nepalpatra

काठमाडौँ, २४ वैशाख । विश्व ¥याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको क्विन्सल्यान्ड प्रस्थान गरेको छ । यही वैशाख ३० देखि हुने प्रतियोगितामा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाँले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् ।

नेपाली टोलीले २५० मिटरको स्प्रिन्ट, ३५० मिटरको हेड टु हेड, ४५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नेछ । नेपालले जेठ २ गते स्प्रिन्ट, ३ गते हेड टु हेड, ४ गते स्लालम र ५ गते डाउन रिभर रेसमा सहभागिता जनाउनेछ ।

नेपालले विश्व च्याम्पियनसिपमा दोस्रोपटक सहभागिता जनाउन लागेको हो । यसअघि २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो । त्यतिबेला खेलेका कुनै पनि खेलाडी अहिलेको टिममा छैनन् । टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सोमबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो । प्रतियोगितामा २९ राष्ट्रको सहभागिता रहने बताइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !