४ मंसिर २०८१, मंगलबार

टस जितेर नेपालले ब्याटिङ शुरु ग¥यो


cricket

१२ माघ, काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर पहिलो ब्याटिङ शुरु गरेको छ ।

दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो ।

यो समाचार तयार पार्दासम्म नेपालले विना विकेटको क्षतिमा नौ ओभरमा ३९ रन बनाएको छ । नेपालका लागि ओपनरद्वय उपकप्तान ज्ञानेन्द्र मल्लले २२ तथा विनोद भण्डारीले १६ रन बनाएर खेलिरहेका छन् ।

पहिलो खेलमा पराजित भएको नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । आजको खेलमा जित निकाले नेपालले सिरिज १–१ को बराबरी गर्नेछ । आजको खेलमा पराजित भए नेपालको सिरिज जित्ने सपना अधुरो रहनेछ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको थियो । आज नेपालले स्पिनर वसन्त रेग्मीको स्थानमा युवा ब्याट्सम्यान रोहितकुमार पौडेललाई मौका दिएको छ । अघिल्लो खेलमा १ ओभर मात्र बलिङ पाएका वसन्त पूर्णरुपमा फिट रहेका थिएनन् । नेपाल सिरिजमा १–० ले पछाडि छ । आजको खेलमा पराजित भए नेपालले एक खेलअगावै सिरिज गुमाउने छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !