२१ भदौ, काठमाडौँ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपाल भूटानको खेल भर्खरै शुरु भएको छ । पहिलो खेलमा हार बेहोरेको दुवै टोली आज जीतको खोजीका साथ मैदानमा उत्रिएको हो ।
नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आज नियमित कप्तान विराज महर्जनलाई शुरुवाती ११ मा नराखेपछि कप्तानको जिम्मेवारीसमेत गोलकिपर किरणकुमार लिम्बूलाई दिइएको छ । राष्ट्रिय टोलीबाट एक दशक खेलिसकेका लिम्बूले राष्ट्रिय टोलीलाई पहिलोपटक नेतृत्व गर्ने मौका पाएका हुन् ।
त्यसैगरी फरवार्डहरु नवयुग श्रेष्ठ र भरत खवास पनि शुरुवातीमा नपरेको ढाकामा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । सो खेलमा गोलकिपर किरणकुमार लिम्बू, डिफेण्डरमा आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, मिडफिल्डर रोहित चन्द, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, अञ्जन विष्ट र फरवार्डमा बिमल घर्तीमगर रहेका छन् ।(रासस)