१२ असार २०८१, बुधबार

नेपाल हङकङसँग पराजित


Asian-Games-2018

१९ भदौ, काठमाडौँ । मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ ।

राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको हङकङले ३२ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

यस हारसँगै एशिया कप क्रिकेट खेल्ने नेपालको सपना चक्नाचुर भएको छ । छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल शुरुवाती दुई खेलमा ओमन र युएइसँग पराजित भएको थियो ।

हङकङको जितमा कप्तान अंशुमन राथले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै एक छक्का र तीन चौकाको मद्दतमा ५२ रनको योगफल बनाए । त्यस्तै हङकङका अर्का खेलाडी किन्चित शाहले ११ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए भने सागर पुन र वसन्त रेग्मीले १÷१ विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमभलव ५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो ।

नेपालका आरिफ शेषले १८, अनिलकुमार साहले १५, वसन्त रेग्मीले १५, कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन जोड्नुबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

सागर पुन सात तथा दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने दुई÷दुई रन बनाएर आउट भएका थिए भने शुरुवाती ब्याट्सम्यान सुबास खकुरेल र सोमपाल कामीले खातासमेत खोल्न सकेनन् । हङकङका इहशान खानले चार तथा तनवीर अफजल र मोहमद खानले समान दुई÷दुई विकेट लिएका थिए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !