१९ असार २०८१, बुधबार

क्रोयशियाली टीमलाई भब्य स्वागत


A_Croatian_Air_Force_helicopter

१ साउन, काठमाडौं ।  विश्वकपको उपविजेता बनेर घर फर्किएको क्रोयशियाली टीमलाई भब्य स्वागत गरिएको छ।  ४५ लाख जनसंख्या भएको देशमा करिब तीन लाख जनता टोलीलाई स्वागत गर्न सडकमा उत्रिएका थिए।

Croatia Welcomed at nationराजधानी जाग्रिबका लाखौं स्थानियले टोलीलाई भव्य स्वागत गरेर नगर परिक्रममा गराएका थिए। मानवसागरले क्रोएशियन राष्ट्रिय टोलीको जर्सी लगाउनुका साथै झन्डा बोकेर च्याम्पियन, च्याम्पियनको नारा लगाएका थिए। हाल सम्म पाँच चोटी विश्वकप खेलेको क्रोएशिया पहिलोपटक फाइनलमा पुगेको हो।

आइतबार राति भएको फाइनलमा क्रोएशिया रुससँग ४–२ले पराजित भएको थियो। कप्तान लुका मोडरिचले प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै गोल्डन बल अवार्ड हात पारेका थिए। यसअघि सन् १९९८ मा विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग नै पराजित भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !