काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा ओपनर लोकेश बम र स्टार ब्याटर मार्टिन गप्टिलले आक्रामक पारी खोल्दा विराटनगर किङ्सले पोखरा एभेन्जरलाई विशाल लक्ष्य दिएको छ । विराटनगरले ६ विकेटको क्षतिमा २२० रन बनाउन सक्यो ।
विराटनगर किंग्सले पोखरा एभेञ्जरलाई एनपिएलकै इतिहासमा सबैभन्दा धेरै २२१ रनको लक्ष्य दिएको छ । विराटनगरले एनपीएल इतिहासमै एकै इनिङ्समा सर्वाधिक रन बनाउने आफ्नै कीर्तिमान तोडेको हो ।
बमले ४८ बलमा ७ छक्का र एक चौकासहित ७२ रन बनाए भने गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन बनाए । यस्तै शुभमन रन्जनेले १६ बलमा ३८ रन, बसिर अहमनले १३ बलमा २३ र ओपनर जर्ज मुन्सेले ६ बलमा १० रन र नारायण जोशीले ११ रन बनाए । पोखराका लागि म्याट टेलर ४ ओभरमा २ विकेट लिँदा ४८ रन खर्चिए । यस्तै सागर ढकाल र कुशल भुर्तेल र आकाश चन्दले एक एक विकेट लिए ।
यसअघि पहिलो संस्करणमा विराटनगरले लुम्बिनीलायन्स विरुद्ध १९३ रन बनाएको थियो । एनपीएलमा २०० र कटाउने पहिलो टिम बन्यो विराटनगर किंग्स । १९औं ओभरको अन्तिम बलमा नारायण जोशीले म्याट टेलरलाई छक्का प्रहार गरेपछि विराटनगरले २०० रनको आँकडा कटाएको हो ।













