काठमाडौं । युएईमा आयोजित युनिटी कप अन्तर्गतको पहिलो म्याचमा नेपालले वेस्ट इन्डिजलाई पराजित गरेको छ । नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२० आई खेलमा ऐतिहासिक जित निकालेको छ ।
नेपालको राष्ट्रिय टीमले कुनै पनि टेस्ट राष्ट्रलाई पहिलोपटक हराएको हो । सन् २०१२ र २०१६) दुई पटकको टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गरेको हो ।
क्रिकेट टोलीले नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फुल टेस्ट टोलीसँग खेलेको हो । पहिलो खेलमा जित हात पारेसँगै नेपालले ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजमा १–० ले अग्रता बनाएको हो।
शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।












