२४ पुस २०८१, बुधबार

बेल्जियमलाई १-० ले पराजित गर्दै फ्रान्स १२ वर्षपछि फाइनलमा प्रवेश


france

२७ असार, काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा बेल्जियमलाई १-० ले पराजित गर्दै फ्रान्स १२ वर्षपछि फाइनलमा प्रवेश गरेको छ ।

यसअघि सन् २००६ मा फ्रान्सले फाइनलसम्मको यात्रा तय गरेको थियो ।

फ्रान्सलाई जीत दिलाउने स्यामुअल उम्टीटीले खेलको ५१औँ मिनेटमा गरेको हेड गोल नै पर्याप्त बन्यो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । त्यसपछि फ्रान्सले दोस्रो हाफको सुरुवातमा नै अग्रता लिएको थियो । उम्टीटीको उक्त एकमात्र गोल खेलको निर्णायक बन्यो । कर्नरबाट आएको बललाई उम्टीटीले हेडमार्फत गोलमा परिणत गरेका थिए ।

खेलको म्यान अफ द म्याच पनि स्यामुअल उम्टीटी बने । खेलमा दुवै देशले उत्कृष्ट अवसर सिर्जना गरेका थिए तर गोल गर्न भने असफल रहेका थिए । दुवै देशले खेललाई रक्षात्मक बनाएका थिए।

फ्रान्सले विश्वकप जित्नका लागि इंग्ल्यान्ड र क्रोएसियाबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !