२२ पुस २०८१, सोमबार

रुसलाई पेनाल्टी सुट आउटमा ४–३ ले पराजित गर्दै क्रोएसिया २० वर्ष पछि सेमिफाइनलमा प्रवेश


krosia

२४ असार, काठमाडाैं । विश्वपक फुटबलमा रुसको सोची स्थित फिस्ट रङ्गशालामा शनिबार राती सम्पन्न क्वार्टरफाइनल अन्तर्गतको अन्तिम रोमाञ्चक खेलमा आयोजक रुसलाई पेनाल्टी सुट आउटमा ४–३ ले पराजित गर्दै क्रोएसिया २० वर्ष पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमको खेल एक-एकको बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा भाग्यमानी सावित भएको आयोजक रुस पेनाल्टी सुट आउटमा भने निराश बन्यो ।

अतिरिक्त समयको १० औं मिनेटमा क्रोएसियाले अग्रता बनायो । लुका मोड्रिचको पासमा डोमागोज भिडाले गोल गर्दै आफ्नो टोलीलाई जित नजिक पुर्याएका थिए । तर अतिरिक्त समयको दोश्रो हाफमा रुस भाग्यमानी सावित भयो र खेललाई पेनाल्टी सम्म पुर्याउन सफल रह्यो। खेलको ११५ औं मिनेटमा रुसकालागि मारियो फर्नान्डेजले हेड मार्फत गोल गरेका थिए ।

निर्धारित र थप गरिएको अतिरिक्त समय समेत बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टी मार्फत गरियो । जसमा रुसका फेडर स्मोलोभको प्रहार क्रोएसियाका गोलरक्षक ड्यानिजेल सुवासिचले बचाएका थिए भने मारियो फर्नान्डेजको प्रहार गोलपोष्टको फ्रेममा पर्न सकेन ।

रुसका तर्फबाट एलन डिजागोइभ, सर्जेइ इग्नासेभिक र डालेर कुजेइभले गोल गरेका थिए । यस्तै विजेता टोली क्रोएसियाका तर्फबाट मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच, डोमागोज भिडा र इभान रेकेटिचले गोल गरेका थिए भने मेटियो कोभासिचको प्रहार रुसका गोलरक्षकले बचाएका थिए ।
rus
सेमिफाइनल अन्तर्गत मंगलबार राती पौने १२ बजे हुने खेलमा फ्रान्स र बेल्जियमबीच प्रतिष्पर्धा हुनेछ भने दोश्रो सेमिफाइनल खेल बुधबार राती सोहि समयमा क्रोएसिया र इंग्ल्याण्डबीच हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !